राप्तीसोनारीको आठौ गाउँसभा शुरु

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाको आठौ गाउँ सभा शुरु भएको छ ।
गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँ सभामा दश वटा विधेयक र ऐनलाई अगाडि सार्दै कार्यसूची प्रस्तुत गर्नु भएको छ ।
अध्यक्ष थारुले प्रस्तुत गरेको विधेयकमा कृषि विकास, संस्था दर्ता, तथ्यांक तथा अभिलेखन, स्थानीय स्वास्थ्य तथा सरसफाई, स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण, स्थानीय तहको औद्योगिक व्यवसाथ प्रवद्र्धन, विपद जोखिम न्यूनीकरण, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित विधेयक, स्थानीय शिक्षा ऐन र स्थानीय वन ऐन २०७७ रहेका छन् ।
कार्यपालिका सदस्य एवं विधायन समितिका सभापति गंगाराम थारुले ती विधेयक र ऐनलाई विधायन समितिमा छलफलका लागि पठाइयोस् भनि गरेको प्रस्तावलाई पास गरिएको छ । अध्यक्ष थारुद्वारा प्रस्तुत विधेयक र ऐनलाई विधान समिति, कार्यपालिका बैठकमा छलफल गरेपछि पुनः गाउँ सभामा ल्याइने भएको छ ।


प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले प्रस्तुत भएका विधेयक र ऐनलाई पालिकामा बनाइएका ६ वटा विषयगत समिति, विधान समिति हुँदै कार्यपालिकाको बोर्ड बैठकमा छलफल गरेर गाउँ सभाबाट पास गरिने बताउनुभयो ।
राप्तीसोनारीले अहिलेसम्म ३३ वटा ऐन, १० वटा नियमावली, १२ वटा कार्यविधि बनाएको छ । आठौ गाउँ सभा माघ ७ गते बस्ने निर्णय भएको छ । यो बीचमा सभाका सबै सदस्यहरुलाई विधेयक र ऐन पढ्न र राय राख्ने मौका दिइने छ । अध्यक्ष थारुले गाउँ सभामा यीबाहेक अरु पनि विधेयकहरु थप्न सकिने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !