कोरोनाबाट नेपालगञ्जमा २६ जनाको मृत्यु
नेपालगञ्ज – बाँकेमा कोरोनाबाट सबैभन्दा धेरै नेपालगञ्जमा मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नेपालगञ्जमा २६ जनाको मृत्यु भएको छ । जिल्लामा ४८ जनाको मृत्यु हुँदा नेपालगञ्जका २६ जना परेका हुन् । अन्य पालिकाहरुका २२ जनाको मृत्यु भएको छ ।
नेपालगञ्जपछि कोहलपुर नगरपालिकामा धेरै जनाको मृत्यु भएको छ । कोहलपुरमा नौ जनाको मृत्यु भएको छ । त्यसपछि खजुरामा ५ जनाको मृत्यु भएको छ । जानकी, बैजनाथ, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा २-२ जनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिकामा कोरोनाबाट कसैको मृत्यु भएको छैन ।
नेपालगञ्ज उपमहानगरपालिकामा दुई हजार तीन सय ३७ जना संक्रमित भएका थिए । कोहलपुरमा ८ सय ८५, खजुरामा ३ सय ६०, जानकीमा १ सय २४, डुडुवामा ५५, नरैनापुरमा एक सय २७, बैजनाथमा एक सय ५६ र राप्तीसोनारीमा २ सय १२ जना कोरोना संक्रमित भएका छन् ।
बाँकेमा ४२ हजार नौ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ । चार हजार चार सय ५० जना संक्रमित भएका छन् ।