चोरीका मोटरसाइकल कहाँ पुग्छन् ?

नेपालगञ्ज – चालु आर्थिक वर्षमा नेपालगञ्जबाट २७ वटा मोटरसाइकल चोरी भयो । घर र आसपासबाट मोटरसाइकल चोरी भएका हुन् ।
पीडितले प्रहरी कार्यालयमा खोजतलासको लागि दिएको निवेदन संख्या हो यो । निवेदन नदिएका अरु पनि हुन सक्छन् । २७ मध्येमा प्रहरीले सात वटा फेला पारेको छ । चोरले चार वटा मोटरसाइकल छोडेर हिडेपछि प्रहरीले फेला पारेको थियो । तीन वटा मोटरसाइकल चाहि चोरसहित भेटिएको थियो ।
नेपालगञ्जमा चोरी भएका मोटरसाइकल कहाँ पुग्छन् ? जानकारहरु भन्छन्, सीमावर्ती भारतीय शहरमा पुग्छन् । केही गाउँतिर लैजान्छन् ।
भारतका विभिन्न शहरमा चोरी भएका मोटरसाइकल बाँकेका ग्रामीण क्षेत्रमा आइपुगेको पाइन्छ । कतिपय मोटरसाइकल चाहि पाटपूर्जा साटेर बेवारिसे छोडिन्छ । सीमावर्ती शहर भएकाले भारतमा लगेर बेच्ने संभावना बढी हुने गर्दछ ।
मुलुकी फौजदारी कार्यविधि २०६४ को दफा २४२ को उपदफा २ बमोजिम मोटरसाइकल चोरलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !