एक क्षण : ‘कुटी’ तिर रमाउँदा

डा. जनार्दन आचार्य (नेपालगञ्ज) – युवा निवन्धकार मणि अर्यालद्वारा लिखित र युरेका काठमाण्डु २०७७ मा प्रकाशित ८६ पृष्ठको स–साना निवन्धहरुको संगालो ‘कुटी’को वाह्य आवरण मनमोहक छ । यस पुस्तकको नामाकरण गरिएको एउटा निवन्ध ‘कुटी’ का अतिरिक्त विविध शिर्षकमा जम्माजम्मी दश वटा निवन्धहरु समाविष्ट छन् । हरेक निवन्ध पठनीय त छदैछन् । त्यसमाथि वोधगम्य पनि छन् । कतिपय लेखकका कृतिहरु सरल हँुदाहुँदै पनि वोधगम्य हँुदैनन् वा पढ्दा पाठकलाई पटयार लाग्ने खालका हुन्छन् । जसलाई हरेकले पढ्न कठिन हुन्छ । तर मणि अर्यालद्वारा लिखित यी निवन्धहरु तर भाषा, परिवेश र विम्वको हिसावले सरल तथा प्रस्तुतीमा सालिनता र माधु्रर्ययुक्त छन् । ‘कुटी’ वास्तवमै सबै निवन्धहरुको वासस्थान वनेको छ । स्थान दिएर कुटीले कुटीकै धर्म निर्वाह गरेको मैले पाएँ । ‘कुटी’ भन्ना वित्तिकै हरेकको सोचाइमा महर्षीहरुको वासस्थान भन्ने जनाउँछ । जहाँ वाह्य आडम्वरलाई प्रवेश निषेध गरिएको हुन्छ । ‘कुटी’ पनि यी र यस्तै आफ्नै परिवेश र वातावरणको सेरोफेरामै निवन्धकार झुमेको मैले पाएँ । आधुनिकतावाट परै वसी आफ्नै वरिपरिलाई नियालेर सिर्जना गरिएका हुन्, यी निवन्धहरु भन्ने मेरो ठम्याई छ । सबै निवन्धहरु एकै वसाईमा हेर्न सकिने खाल्का छन् । भाषा र समयको हिसाबले पढ्नमा लागि ज्यादै उपयोगी छ । ‘कुटी’ मा प्रवेश गरे पश्चात धुनिजलाई राखेको ठाउँ खोज्नु पर्दैन । हरेक निवन्धकले धुनिमा हवन गरिएको चरुले जस्तै सर्वत्र वासना छर्ने काम गरेको छ, भन्ने मेरो वुझाई हो ।
‘कुटी’ मा समावेश गरिएका सबै निवन्धहरु विषय वस्तुका हिसावले पठनीय र मननीय पनि छन् । ‘गुरु भेटी’ ( पृ १३ १९) यस पुस्तकको पहिलो निवन्ध हो । यस निवन्धले विगत चालिस पचास वर्ष पहिलेको विद्यार्थी र त्यस समयका शिक्षकको हातमा देखिने लाठीले त्यति वेला विद्यालय भित्र अनुशासन कायम राख्न कसरी मदद्त पु¥याउथ्यो भन्ने कुराको सविस्तार वर्णन छ । आज भोली शिक्षा क्षेत्रमा देखापरेको विसंङ्गति र विकृतिहरुवारे सविस्तार वर्णन गर्दै आफ्नो पेशा प्रति गैरजिम्मेवारलाई गर्नै पर्ने कारबाही राजीनामा पत्रलाई स्वीकार्नुले पनि आज शिक्षा जगतमा मौलाउदै गएको प्रवृत्तिवारे चर्चा छ । यसले शिक्षाजगतलाई ठूलो पाठ सिकाएको छ ।
निवन्धकार मणि आर्यालका हरेक निवन्धहरु आफ्नै परिवेशमा आधारित छन् । ‘होटल हाइवे’ (पृ २१ २६) मा सार्वजनिक वसमा यात्रा गर्ने यात्रीहरुको पीडा, लाचारी र आक्रोश समेटिएका छन् । यसमा होटेलका मालिकद्वारा गरिने अमानविय व्यवहार अनि ग्राहक ठगेर कमाउन पल्केकाहरुको मनोविज्ञान समेटिएको छ भने आवश्यकता पर्दा नबोल्ने नेपालीहरुको स्वभाववारे पनि उल्लेख छ । यस्तै गरी ‘मधुशाला’ (पृ २६ ३३) मा तनाव मेटाउन आउने र पेटको भोक मेटाउन आउने माझको भिन्नता अनि गरिवी र वेरोगगार भएपछि जे पनि गर्नु पर्ने हुन सक्छ भन्ने सम्मको सन्देश छ । भने ‘मेरो गाउँ’ (३४ ३८) शिर्षकमा राजनीतिक दलका नेताहरुद्वारा निर्वाचनका समयमा बोलिने र दिइने वाचा माझको भिन्नता अनि आफ्नो व्यक्तिगत स्वार्थको लागि सुचना बेच्ने प्रत्रकारको समेत चर्चा छ । ‘मित्र संवाद’ (पृ ३९ ४८) पनि पढन रोचक छ । समकालिन मित्रहरु भेटदा विविध विषयमा हुने चर्चा र टिका टिप्पणीका अतिरिक्त व्यक्तिको विचार नै व्यक्तित्व निर्माणको आधार हो । तर आजको मान्छे कथनी र करणीमा फरक छन् । वोल्छन् एउटा गर्छन् अर्को (पृ ४०) भन्ने खाले अभिव्यक्तिवाट पनि वर्तमानमा नेपाली समाज नैतिकता र आफुले बोलेको वचन प्रति समेत ईमान्दार नरहेको टिप्पणी निवन्धकार मणि अर्यालको छ भने उनले कसैको नकारात्मक टिप्पणीवाट हतोसाहित हुनुहुदैन र आफ्नो कर्तव्य निर्वाह गर्दै जानुपर्छ भन्ने सन्देश पाठकलाई दिएका छन् । यस्तै गरी ‘कुटी’ मा विकासले मानिसलाई कसरी प्रकृतिवाट टाढा गराउदैछ भन्दै कुटी भित्रको आत्मियता र मैत्रीभाव अनि कुटीसँग गासियका संम्झनाहरुलाई निवन्धकार मणि अर्यालले दार्शनिकको रुपमा चित्रण गरेको देखिन्छ । उनले आफुलाई विकास प्रेमी हुनुका साथै प्रकृति प्रेमी सावित गर्ने प्रयास गरेका छन् । (पृ ५४) विकास अनिवार्य सर्त हो तथापि कृतिम विकाश आवश्यकता होइन । प्रकृतिसँगको सामिप्यतामा अगाडी वढ्न सक्ने भन्ने अवधारणालाई स्थिर तुल्याउने हो भने कस्तो हुन्थ्यो होला ? भनेर निवन्धकारले पाठकसामु प्रश्न छाडिदिएका छन् ।
‘नेपालञ्ज’ भन्ने निवन्धमा निवन्धकारले समग्र नेपालगञ्ज र त्यसैको सेरोफेरोमा अन्यत्र जन्मेर पनि यहाँ हुर्केका सबै साहित्यकारहरुको वर्णन गर्न भ्याएका छन् । संक्षिप्तमा भन्नु पर्दा यो निवन्धले नेपालगञ्जलाई कर्मथलो तथा कार्यथलो वनाएर सफल भएका धेरै कथाकार, गितकार, कवि र यस क्षेत्रकै स्रष्टाहरुकावारे सरसर्ती जानकारी दिनेकाम गरेको छ । त्यस्तै ‘प्यान्थर’ ‘पसिनाको स्वाद’ (पृ ६९) ‘रिस’ अनि ‘सम्झनामा इन्द्रवहादुर राई’ (पृ ८० ८६) फरक फरक विषय वस्तुमा आधारित छन् । ‘प्यान्थर’मा एउटा महिलाले वाध्यतावस प्यान्थरवारे दिएको प्रवचन र उनको वास्तविक जीवनवारे चर्चा छ भने ‘पसिनाको स्वाद’ मा मेहनती वर्गले मिहिनतमै गर्व गर्ने कुरा उल्लेख छ । ‘रिस’ वारे मनोवैज्ञानिक विश्लेषण छ । रिस उठ्नुका कारण र त्यसवाट हुने क्षति अनि ‘रिस’ लाई नियन्त्रण गर्ने वारे पनि उल्लेख गरिएको छ । अन्तमा यो निवन्ध इन्द्रवहादुर राई र उनले नेपाली साहित्य जगतमा खेलेको भुमिका अनि पु¥याएको योगदानको चर्चा समेटिएको छ । समग्रमा ‘कुटी’ छपाई भाषा र विषय वस्तुका हिसावले राम्रो र ज्ञानवर्धक छ । यसका निवन्धकार मणि अर्याललाई थुप्रै–थुप्रै बधाई अनि शुभकामना ।
(भकुटीनगर–१०)


error: यो सुविधा उपलब्ध छैन !