दश हजार पुरस्कारको ब्याडमिन्टन प्रतियोगिता हुँदै

नेपालगञ्ज – नेपालगञ्जमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ को आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र क्षेत्रीय खेलकुद बिकास समिति लुम्बिनी प्रदेश नेपालगञ्जको सहआयोजनामा प्रतियोगिता हुने भएको हो ।
नेपालगञ्ज रंगशालास्थित कवर्ड हलमा पौष २५ गतेदेखि प्रतियोगिता हुने सञ्चालन समितिका संयोजक जयन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता २६ गते सम्पन्न हुनेछ । श्रेष्ठका अनुसार, प्रतियोगितामा मेन्स डबल्स, मेन्स सिंगल्स, गल्र्स सिंगल्सलगायतका ईभेन्ट समावेश गरिएको छ । मेन्स डबल्समा नगद पुरस्कार राखिएको छ भने अन्यमा पदक, कप र प्रमाणपत्र दिइने आयोजकले जानकारी दिएको छ । डबल्समा प्रथम हुनेले नगद १० हजार, दोस्रोले ६ हजार तथा तेस्रोले ३ हजारसहित पदक र प्रमाणपत्र पाउने छन् । संयोजक श्रेष्ठले डबल्समा १ हजार र अन्यमा ३ सय रुपैया प्रवेश शुल्क राखिएको समेत जानकारी दिनुभयो । प्रतियोगितामा राष्ट्रिय खेलाडी सम्मिलित पुरुष एकलमा पनि प्रतिस्पर्धा हुने संयोजक श्रेष्ठले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !