कारागारबाट कैदी भागे, छानबिन समिति गठन

नेपालगञ्ज – नेपालगञ्ज कारागारबाट एकजना कैदी भागेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार, कारागारका चौकीदार पवन पुन फरार भएका हुन् ।
कारागारका चौकीदारहरु काम पर्दा बाहिर निस्किने गर्दछन् । काम विशेष भन्दै बाहिर निस्किएका चौकीदार पुन फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको संयोजकत्वमा डीएसपीसहितको छानबिन समिति बनाइएको छ ।
नेपालगञ्ज कारागारबाट केही वर्षअघि पनि एकजना चौकीदार फरार भएका थिए । उनलाई बर्दियाबाट पक्राउ गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !