नाटक घरका लागि मेयरलाई लिखित आग्रह

नेपालगञ्ज – कलाकारहरुले नेपालगञ्जका मेयर डा. धवलशमशेर राणालाई भेटेर नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको नाटक घर बनाइदिन आग्रह गरेका छन् ।
राष्ट्रिय नाच घर, नाट्य विभागका प्रमुख वीरेन्द्रबहादुर हमालको नेतृत्वमा लोकगायक कमल विके निर्मोही, सुन्दर गुरुङ, वीरेन्द्र यादव, जहिरुल हक, योगेन्द्र हमाललागयतका कलाकारहरुले मेयर डा. राणालाई भेटेर नाटक घर बनाइदिन आग्रह गरेका हुन् ।
मेयर राणाले बाल संगठन, वडा नं. २ का केही ठाउँमा नाटक घर बनाउन सकिने भएकाले सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्न सुझाव दिएका छन् । कलाकारहरुले नेपालगञ्जको कला संस्कृति र अझ विशेष गरेर नेपालगञ्जको साझा संस्कृतिलाई जोगाई यसको संरक्षण र सम्वद्र्धन गर्नका लागि रंगमञ्चको खाँचा रहेको बताएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !