नेपालगञ्ज कन्या मावि नामाकरण

नेपालगञ्ज – नेपालगञ्जको सल्यानी बंगलामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई नेपालगञ्ज कन्या मावि नामाकरण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । चालु आर्थिक वर्षमा नौ कक्षासम्म सञ्चालनमा रहेको नेपालगञ्ज कन्या माविमा तीन सय बढी विद्यार्थी रहेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले हात हाल्नु अघि त्यहाँ दुई दर्जन हाराहारीमा विद्यार्थी रहेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिकाले कन्या मावि र छात्रा कलेज सञ्चालन गर्ने नीति अघि सारेको छ । सल्यानी बंगलामा रहेको स्कूललाई कन्या मावि नामाकरण गरेर त्यहाँ सुविधाहरु थपिदै छ । नयाँ भवन बनेको छ । विद्यार्थीको पढाईको स्तर सुधारिएको छ ।
मंगलप्रसाद माविको परिसरमा छात्रा कलेजका लागि भवन बन्दैछ । कन्या माविमा १२ कक्षासम्म पढेका छात्राहरु छात्रा कलेजमा पढ्ने व्यवस्था मिलाइदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको चुनावमा नेपालगञ्जमा कन्या स्कूल र छात्रा कलेजको मुद्दालाई अघि सारिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !