सामाजिक दुरी कायम गरी नमाज पढ्न अनुरोध

नेपालगञ्ज – मुस्लिम आयोगले कोरोना प्रभाव कम भएको स्थानहरुमा सामाजिक दुरी कायम गरेर नमाज पढ्न अनुरोध गरेको छ ।
आयोगका अध्यक्ष समिम मिया अन्सारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कोरोनाको प्रभाव कम भएको स्थानहरुमा मुस्लिम समुदायले नियमित रुपमा पढिने ५ टाइमको नमाज र शुक्रबारका दिन पढिने जुम्माको नमाजमा सामाजिक दुरी कायम गरी नमाज पढ्नु हुन अनुरोध छ ।’
आयोगले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेकाले शुक्रबारका दिन पढिने जुम्माको नमाज आ–आफ्नो मस्जिद कमिटिले निर्णय गरी पढ्न सबैलाई जानकारी गराएको छ ।
अध्यक्ष अन्सारीले भन्नु भएको छ, ‘कोरोना भाइरसबाट जोगिन अल्लाहसँग दुवा गर्दै नेपाली राष्ट्रिय एकता, अखण्डता, अझ मजबुत बनोस्, राष्ट्र निर्माण तथा विकासको मार्गमा अघि बढोस् र समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’


error: यो सुविधा उपलब्ध छैन !