कोरोनाबाट शाखा अधिकृत विष्टको मृत्यु

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका शाखा अधिकृत दानबहादुर विष्टको कोरोनाबाट मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखामा कार्यरत विष्टको आज विहान दुई बजे भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि कोरोना जाँच गर्दा बिहीबार पोजिटिभ रिपोर्ट आएको थियो । त्यो दिन विष्ट घरमै बस्नु भयो । होम आइसोलेसनमा बस्दा समस्या भएपछि शुक्रबार भेरी अस्पताल, नेपालगञ्जमा भर्ना हुनु भएको थियो । उहाँको उपचारको क्रममा आइतबार विहान २ बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४, बसपार्कमा विष्टको घर रहेको छ । उहाँका सबैजसो आफन्तीहरु कैलालीमा छन् । शवलाई कैलाली लैजाने तयारी भएको छ ।
कोरोनाबाट नेपालगञ्ज उपमहानगरपालिकाका दुई जना कर्मचारीको मृत्यु भएको छ । यसअघि जिन्सी शाखाका युवराज घलेको मृत्यु भएको थियो । नेपालगञ्जमा एकजना जनप्रतिनिधिका पनि मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !