बैजनाथमा युवा संघको रक्तदान

नेपालगञ्ज – राष्ट्रिय युवा संघ, बाँके बैजनाथ गाउँ कमिटिले रक्तदान गरेको छ ।
‘रक्तदान जीवनदान’ भन्ने नारासहित बैजनाथको प्रभात माविमा भएको रक्तदानमा ठूलो संख्या सहभागी भएका छन् ।
युवा संघका नेता कुश्माखर बस्यालका अनुसार, पौने चार बजेसम्ममा ३ सय १५ जनाले रक्तदान गरिसकेका छन् । अझै रक्तदान गर्ने क्रम चलिरहेको छ ।


रक्तदान कार्यक्रमको नेकपा, बाँकेका जिल्ला अध्यक्ष आइपी खरेलले उद्घाटन गर्नुभयो । पूर्व सांसद दलबहादुर सुनार, जिल्ला सचिव अशोक कोइराला, निरक गुरुङ, अगन मल्ल, सुनिल रसाइलीलगायतले बोल्नु भएको थियो ।
वक्ताहरु सबैले पार्टीमा देखिएको विवादले मिल्ने विश्वास गरेका थिए । नेकपाका नेताहरु रत्न खत्री, डम्बर विक, किशोर थापालगायतले रक्तदान गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !