१३ नम्बरमा बन्यो, ब्याडमिन्टन कोर्ट

नेपालगञ्ज – नेपाली काँग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठौरले नेपालगञ्ज वडा नं. १३ मा बनाइएको ब्याडमिन्टन कोर्टको खेल खेलेर उद्घाटन गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता राठौरले नेपाली काँग्रेसले खेलकुद क्षेत्रको प्रवद्र्धन गर्न काँग्रेस सधै कटिबद्ध रहने कुरा बताउनु भयो । उहाँले खेलाडी र प्रशिक्षको हकहितसहित उनीहरुको संरक्षणका लागी काँग्रेस सधैं प्रतिबद्ध रहेको बताउन भयो ।
काँग्रेसका युवा नेता राठौरले नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने समेत बताउनुभयो ।
कार्यक्रममा वडा नं १३ का सचिव मदनबहादुर रावतले स्वागत गरेका थिए ।
वडा नं.१३ का अध्यक्ष विरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा, काँग्रेस महासमिति सदस्य राकेशबहादुर श्रीवास्तवलगायतले मन्तब्य राखेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !