कोरोनाबाट दुईको मृत्यु

नेपालगञ्ज – दाङका दुई जना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । मृतक दुवै तुलसीपुर उपमहानगरपालिका हुन् ।
तुलसीपुर–११ का ४५ वर्षीय पुरुषको भेरी अस्पताल, नेपालगञ्जमा गएराती नौ बजे मृत्यु भएको छ । मंसीर ४ गते भर्ना भएका थिए ।
तुलसीपुर–५ का ८१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । मंसीर १३ गते भर्ना भएका बृद्धको राती १०.४५ बजे मृत्यु भएको थियो ।
यसअघि बुधबार बाँके, सुर्खेत र बर्दियाका एक÷एक जनाको मृत्यु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !