सिडिओ र उपमेयरले दिए प्लाज्मा

नेपालगञ्ज – बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले प्लाज्मा दान गर्नु भएको छ ।
कोरोना जित्नु भएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ र उपमेयर थापामगरले शुक्रबार प्लाज्मा दान गर्नुभयो ।
नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीलाई आवश्यक परेकाले प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ र उपमयर थापामगरले प्लाज्मा दान गर्नु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोनाका बिरामीलाई रगतको आवश्यक परेमा कोरोना जितेका व्यक्तिहरुबाट रगत लिने गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !