६३ जनाले गरे रक्तदान

नेपालगञ्ज – नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघ, केन्द्रिय खेलकुद विभागले नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको छ ।
कांग्रेसका केन्द्रिय सदस्य एवं खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेलकुदका चरम भ्रष्टाचार भइरहेको बताउनुभयो ।
रामलिला मैदान नजिकको सरस्वती मन्दिर परिसरमा भएको रक्तदानमा ६३ जनाले रक्तदान गरेको नेपाल लोकतान्त्रिक खेलकुद संघ, केन्द्रिय खेलकुद विभागका सदस्य नरेन्द्र थापाले जानकारी दिनुभयो । थापासहित रन्जित सिंह सिजापति, कृष्ण चौधरी, सन्दिपजंग शाहलगायतले रक्तदान गर्नु भएको थियो ।


रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस, बाँकेका सभापति किरण कोइराला, खेलकुद विभागका केन्द्रीय सदस्य शान्ति सिंह, प्रदेश सांसद मो. याकुव अन्सारीलगायतले उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !