तीन हजार वटा बल्ब बरामद

नेपालगञ्ज – बाँके प्रहरीले अवैध रुपमा भित्र्याइएको ठूलो मात्रामा बल्ब बरामद गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६, जयसपुरको इतराम बाबा मन्दिर नजिकबाट प्रहरीले तीन हजार वटा बल्ब बरामद गरेको हो । ६० वटा कार्टुनमा राखेर बल्ब ल्याइएको थियो ।
प्रहरीले अवैध रुपमा भित्र्याइएको बल्बसँगै तीन जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जयसपुरका दिनेश बर्मा, अनिलकुमार गोडिया र मोविन कवडिया रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !