भारतमा समातिए कल्लु
नेपालगञ्ज – भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले तीन जना नेपालीको साथबाट दुई सय ६० ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
एसएसबी र प्रहरीको संयुक्त गस्तीले बोर्डरबाट ब्राउनसुगरसहित तीन जना नेपालीलाई नियन्त्रणमा लिएको छ ।
एसएसबीका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११, त्रिभुवनचोकका कल्लुको साथबाट एक सय २० ग्राम ब्राउनसुगर बरामद भएको छ । कल्लु नेपाली प्रहरीको खोजीको सूचीमा रहेका व्यक्ति भएको बुझिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा न.. ८, रानीतलाउका पवनकुमारको साथबाट ८० ग्राम ब्राउनसुगर बरामद भएको एसएसबीले जनाएको छ । बर्दिया बढैयातालका रोहितचन्द्र ठकुरीको साथबाट ६० ग्राम ब्राउनसुगर बरामद भएको छ । तिनै जनाको विरुद्धमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको भारतीय प्रहरीले बताएको छ ।