आगलागीबाट १७ घरगाेठ जले


नरैनापुर – बाँकेकाे नरैनापुर गाउँपालिका वडा नम्बर ४, जयरामपुरुवामा आगलागी भएकाे छ ।
स्थानीय जुमाई खाँकाे घरबाट सुरु भएकाे अागाे फैलिदा १७ घरगाेठ जलेकाे छ । आगलागीमा परेर खाँकाे दुई वटा गाेरु घाइते भएकाे छ ।
दिउँसाे ३ बजेतिर लागेकाे अागाेलाई नेपालगन्जबाट गएकाे दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले मिलेर डेढ घण्टा पछि निभाएका थिए ।
अागलागी भएकाे ठाउँमा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद ईस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलगायतकाे टाेली पुगेर तत्काल र दीर्घकालिन सहयाेग गर्ने प्रतिबद्धता गरे ।
गर्मीयाम सुरु भएसँगै नरैनापुरमा अागलागीका घटना हुने गर्दछ । प्राय: घरहरु फुसका छाना र घनाबस्ती भएकाले अागलागी भइहालेमा छिटाे फैलिने गरेकाे पाइन्छ ।


error: यो सुविधा उपलब्ध छैन !