कांग्रेसले १८ नम्वर वडामा कार्यालय बनाउने


नेपालगन्ज – नेपाली कांग्रेस, बाँकेले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ मा पार्टीको वडा कार्यालय निर्माण गर्ने भएको छ । निर्माणाधिन वडा कार्यालयको नाम ‘सुशील कोइराला स्मृति भवन’ राखिएको छ । उक्त भवनको आज एक कार्यक्रमका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले शिलान्यास गर्नुभयो ।

पार्टीका वडा उपसभापति राजाराम सुवेदीका अनुसार, बाँकेको कूल ८१ वडा मध्ये नेपालगन्जकाे वडा नं. १८ मा पार्टीको वडा कार्यालय निर्माण हुन लागेको यो नै पहिलो हो । वडा कार्यालय निर्माणका लागि सोही वडाका रामकुमार वर्माले करिब ३० लाख मूल्य बराबरको साढे आठ धुर जग्गा दान दिनुभएको छ ।

वडा कार्यालय भवन निर्माणका लागि करिब रु ५ लाख लागत लागत स्टिमेट गरिएको छ । ‘रु तीन लाख ५० हजार रकम विभिन्न स्रोतवाट संकलन भइरहेको छ । बाँकी रकम हामी वडा सभापतिदेखि क्रियाशील सदस्य र नेपाली कांग्रेस आवद्ध व्यापारिहरुवाट संकलन गरिनेछ’, वडा उपसभापति सुवेदीले भन्नुभयो ।

निर्माणाधिन वडा कार्यालय भवन एकतल्लाको हुनेछ । जसमा वडा सभापति र कार्यालय सचिवको एक/एका कोठाका अलावा बैठक कक्ष र शौचालय र कप्पाउण्वाल निर्माण गरिनेछ ।

वडा कार्यलय भवन शिलान्यास समारोहमा प्रमुख अतिथि केन्द्रीय सदस्य बाल्मिकीले विकास, संगठन र एकता नेपाली कांग्रेसको मूलमन्त्र बन्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुृनले प्रजातन्त्रका विरोधीहरुले जति नै हल्ला गरेपनि लोकतान्त्रिक गणतन्त्रलाई अब कसैले हल्लाउन नसक्ने प्रष्ट पार्दै नेपाली जनताहरु ऋब उल्टो वाटो फर्कन सक्दैनन् भन्नुभयो ।

पार्टीका जिल्ला सभापति नारायणप्रसाद गौडेलले नेपाली कांग्रेसको संरचनागत विकास, सांगठानिक विकास र घरदैलोमा जनताको सेवामा बाँके पार्टी पक्ति अहोरात्र खटिरहेको बताउदै यो सबै भूमिकामा पार्टीका कार्यकर्ताहरुको योगदान मननयोग्य रहदैआएको छ भन्नुभयो ।

पार्टी वडा सचिव धिरेन्द्रबहादुर खड्काले संचालन गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, प्रदेश सांसद बादशाह कुर्मी, नेपालगन्जका मेयर प्रशान्त विष्ट र महासमिति सदस्य राजकुमार वर्माले बोल्नुभएको थियो भने कार्यक्रममा पार्टीका जिल्ला सचिव सुधांशु कोइराला, पूर्व सांसद याकुबअलि अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुभारम्भमा राष्ट्रिय गान, शहिदहरुप्रति एक मिनेट मौन धारण र जननायक विपी कोइराला र संविधानका पिता सुशील कोइरालाको तस्वीरमा माल्र्यापण गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !