२० रुपैयामा खाना खुवाउनेलाई सहयोग

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले सुन्दर काण्ड मित्र मण्डललाई ५० हजार रुपैया सहयोग गरेको छ ।
भेरी अस्पताल नेपालगञ्जमा २० रुपियाँमा पेटभरी खाना खुवाउँदै आएको श्री सुन्दर काण्ड मित्र मण्डललाई नेपालगञ्ज उपमहानगरपालिकाले सहयोग गरेको हो ।
मित्र मण्डलका संरक्षक समाजसेवी विजय गुप्तालाई नगर प्रमुख डा. धवलशमशेर राणाले सहयोगको चेक हस्तान्तरण गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले २० रुपैयामा खाना खुवाउने कार्यलाई निरन्तरता दिन मासिक ५० हजार रुपैया सहयोग गर्ने निर्णय गरेअनुसार शुक्रबार पहिलो पटक सहयोग हस्तान्तरण गरेको छ ।
विपन्न ब्यक्ति तथा अस्पतालमा उपचारत विरामी र कुरुवालाई लक्षित गरी २० रुपैयामा खाना खुवाउन थालिएको मित्र मण्डलले जनाएको छ ।
अस्पताल परिसरमा शनिबार बाहेक हरेक दिन विहान १० देखि १ बजेसम्म खाना खुवाउने कार्य चलिरहेको छ । अन्य खर्च मित्र मण्डलले सहयोगीदाता लगायतबाट ब्यवस्थापन गर्दै आएको छ । २० रुपैयामा दाल, भात, तरकारी र शुद्ध पिउने पानी उपलब्ध गराउने गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !