सिकाइ सहजीकरण कार्यशाला

खजुरा – कोभिडका कारण वैकल्पिक शिक्षाका विभिन्न माध्यम प्रयोग गर्दै आएको खजुराले विद्यार्थी सिकाइ सहजीकरण कार्यशाला आयोजना गरेको छ ।
खजुरा गाउँपालिका शिक्षा शाखाको आयोजनामा प्रश्नपत्र निर्माण, गृहकार्य र कार्यसंचालन सम्बन्धि कार्यशाला सम्पन्न गरेको हो ।
यो शैक्षिकसत्रको विदा काटेर हुने सय दिनको योजना बनाउदै मंसिर ४ गतेसम्म प्रश्नपत्र निर्माण, १५ गतेदेखि वितरण र साप्ताहिकरूपमा अनुगमन र मूल्यांकन गरिने शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।
यो शैक्षिकसत्रको चैत १५ गतेसम्म खजुरा गाउँपालिका क्षेत्रभित्रका मावि, आधारभूत र प्रावि सबै तहको परीक्षा सम्पन्न गरिने जनाएको छ ।
खजुरा गाउँपालिकाका प्रमुख तथा शिक्षा समिति संयोजक किस्मतकुमार कक्षपतिले उद्घाटन गरेको सिकाइ कार्यशालामा शिक्षा समिति सदस्य एवं ज्ञानोदय माविका प्रअ ऋषिराम सापकोटा, मावि शिक्षक यमनारायण महतो, गगन खड्का, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल र प्राविधिक सहायक निर्मल रेग्मीले सहजीकरण गरेका थिए । कार्यशालामा मावि ३५, आधारभूत ३९ र प्रावि तहका ७८ जना शिक्षकको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !