नेपाल र भारतका मन्त्रीद्वारा एकीकृत जाँच चौकीको शिलान्यास

नेपालगञ्ज – नेपालगञ्जमा बन्न थालेको एकीकृत जाँच चौकीको बिहीबार शिलान्यास गरिएको छ । नेपालगञ्जको दशगजामा बन्न एकीकृत जाँच चौकीको नेपाल र भारतका मन्त्रीले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ ।
नेपालका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं र भारतका बाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले दिल्लीबाट भिडियो कन्फ्रेसमार्फत एकीकृत जाँच चौकीको शिलान्यास गर्नुभयो । नेपालगञ्जमा भने पण्डितलाई राखेर भूमिपूजन गरिएको थियो ।
भारत सरकारले १५ वर्षअघि नै यो चौकी बनाइदिने सम्झौता गरेको थियो । नेपालका चार ठाउँमा यस्ता चौकी बनाइदिने सम्झौता अनुसार वीरगञ्ज र विराटनगरमा बनिसकेको छ भने नेपालगञ्ज र भैरहवामा बनिसकेको छैन ।
नेपालगञ्जमा दुई अर्ब ३५ करोडको लागतमा एकीकृत जाँच चौकी निर्माण हुन थालेको हो । ८७ विगाह जमिनमा चौकी बन्दैछ ।
सांसद महेश्वर गहतराज र नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले एकीकृत जाँच चौकी बन्दा नाकामा धेरै सहज हुने बताउनुभयो । भारतले दशगजाको पारीपट्टी यस्तै चौकी निर्माण गरिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !