कोरोनाबाट ३२ वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – कोरोना संक्रमित कोहलपुरकी ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, कोहलपुर नगरपालिका वडा नं. १, कौशिलानगरकी ३२ वर्षीया महिलाको गएराती १२.१५ बजे मृत्यु भएको हो ।
श्वास प्रश्वासमा समस्या आएपछि कात्तिक २५ गते कोहलपुर मेडिकल कलेजमा उपचार गराउन आएकी महिलाको भोलीपल्ट विहान स्वाव लिइएको थियो । त्यही दिन साँझ ४ बजे कोरोना पोजिटिभ रिपोर्ट आयो ।
महिलाको उपचारको क्रममा गएराती सवा १२ बजे मृत्यु भयो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !