निशुल्क जाँचको सिफारिस बनाएर पैसा असुल्ने पक्राउ

नेपालगञ्ज – पीसीआर जाँचको निशुल्क सिफारिस बनाइदिएर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भेरी अस्पताल, नेपालगञ्जका दुई जना सुरक्षागार्ड र एकजना सहयोगीले डाक्टरबाट निशुल्क जाँचको सिफारिस बनाइदिएर पैसा असुल्ने गरेको पाइएको हो । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले पीसीआर जाँच गर्न निशुल्कको सिफारिस बनाइदिएर पैसा असुल गर्ने तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जानकारी दिनुभयो ।
‘अहिलेसम्म ६ जनासँग पैसा लिएको पाइएको छ, बाँके प्रहरी प्रवक्ता डीएसपी खड्काले भन्नुभयो, अहिले सोधपुछ गरिरहेका छौं । वास्तविकता बाहिर आउँछ ।’
गरीव, आर्थिक अवस्था कमजोर र विपन्नलाई डाक्टरको सिफारिसमा निशुल्क पीसीआर जाँच गर्ने व्यवस्था मिलाइएको छ । यो बाहेक चिन्ह लक्षण देखिएका बिरामीको पनि निशुल्क पीसीआर जाँच हुने गर्दछ ।
प्रहरीका अनुसार, पक्राउ परेका तीन जनाले डाक्टरसँग निशुल्क पीसीआर जाँचको सिफारिस गराइदिने र उनीहरुसँग पैसा असुल्ने गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !