बाँकेमा ४२ जना सिकिस्त

नेपालगञ्ज – बाँकेमा कोरोनाका सिकिस्त बिरामी ४२ जना रहेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भेरी अस्पताल, नेपालगञ्जमा २९ र कोहलपुर मेडिकल कलेजमा १३ कोरोना संक्रमित सिकिस्त रहेको जानकारी दिनुभयो ।
फोकलपर्सन श्रेष्ठका अनुसार, जिल्लामा ४१ जना मध्यम खालका बिरामी छन् । भेरीमा ३१ र कोहलपुर मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको छ । सामान्य खालका बिरामी ७ जना रहेका छन् । उनीहरु कोहलपुरमा रहेका छन् ।
जिल्लामा २ सय ३१ जना होम आइसोलेसनमा रहेका छन् । त्यसमा एक सय २२ जना पुरुष र एक सय ९ जना महिला रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !