होम आइसोलेसनबाट १३ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा बुधबार २१ जना कोरोनामुक्त भएका छन् । २१ जनामा १३ जना होम आइसोलेसनमा बसेका थिए ।
उनीहरुलाई कात्तिक १६ गते कोरोना पुष्टि भएको थियो । सँगै कोरोना लागेकाहरु सँगै डिस्चार्ज हुने भएकाले २१ जना सँगै डिस्चार्ज भएका छन् । लक्षण चिन्ह नदेखिएकाहरु होम आइसोलेसनमा बस्ने गरेका छन् ।
जिल्लामा धेरैजना होम आइसोलेसनमा बसेका छन् । बाँकेबाट अहिलेसम्म तीन हजार एक सय ५० जना डिस्चार्ज भइसकेका छन् । दुई सय ६३ जना आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !