१०५ नम्बर कोठामा सात किलो अफिम

नेपालगञ्ज – भेरी गेष्ट हाउस, १०५ नम्बरको कोठा । कोठामा बसेका थिए, जाजरकोटका जयबहादुर सिंह र वीरेन्द्रमान सिंह ।
सिंहद्वय ग्राहक खोज्दै कोहलपुरसम्म आइपुगेका थिए । उनीहरुको साथमा लागु औषधी अफिम थियो । नराम्रो कामको राम्रो नतिजा कहाँ आउँथ्यो र ? सिंहद्वय प्रहरी फन्दामा परे ।
लागु औषध नियन्त्रण ब्यूरोको टोलीले सिंहद्वयलाई होटलबाट अफिमसहित पक्राउ गरेको छ । घटना मंगलबार ५ बजे पछिको हो ।
ब्यूरोको टोलीले सिंहद्वयलाई अफिमसहित पक्राउ गरेर बाँके प्रहरीलाई बुझाएको छ । पछिल्लो केही दिनयता ब्यूरोको टोलीले लागु औषधी अफिम र चरेश धमाधम पक्राउ गरिरहेको छ । खजुरा गाउँपालिकाको वडा नं. ८ बाट दश किलो चार सय ग्राम अफिम, कुसुमबाट तीन किलो अफिम ब्यूरोको टोलीले समातिसकेको छ ।
ब्यूरोको टोलीले लागु औषधी कारोबारीको भित्रसम्म पुगेको यी घटनाहरुले देखाएका छन् । पहाडी जिल्लाको माथिल्लो भागमा उत्पादन हुने अफिम र चरेश ढिलोचाडो बाँके आइपुग्ने गर्दछ । चरेश र अफिमको कारोबार बाँके हुँदै भारततिर हुने बताइन्छ ।


error: यो सुविधा उपलब्ध छैन !