खजुरामा मानव बेचबिखनबिरुद्धको समिति

खजुरा – खजुरामा गाउँपालिकास्तरीय मानव बेचबिखनबिरुद्धको समिति गठन गरिएको छ ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिको संयोजकत्वमा गठन गरिएको समितिमा उपाध्यक्ष तथा न्यायिक समिति संयोजक एकमाया विक सदस्य, सामाजिक विकास समिति संयोजक फत्तेकुमारी जैसी, महिला वडा सदस्य सुवित्रा विक सदस्य र महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपाने सदस्य सचिवमा चयन भएका छन् ।
इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख सदस्य, प्रधानाध्यापक बुद्धि बन्जाडे, बाल अधिकार समितिबाट खर्क पुन, कानूनी सल्लाहकार विकास आचार्य, बाल क्लवबाट चेतना क्षेत्री, किशोरी सञ्जालबाट मञ्जु थापा, स्वास्थ्य शाखाबाट सुदीप पौडेल, महिला सहकारी संस्थाबाट मुना निरौला, मानब बेचबिखन बिरुद्ध कार्यरत शान्ति शर्मा पौडेललाई सदस्यमा चयन गरिएको छ ।


खजुरा गाउँपालिकाको आयोजना, माइती नेपाल र वीनरक इन्टरनेशनलको समन्वयमा गरिएको कार्यक्रममा माइती नेपालका केशव कोइराला र वीनरक इन्टरनेशनलका कमला पन्तले सहजीकरण गर्नु भएको थियो ।
सदस्य सचिव समेत रहेकी महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले मानव बेचबिखनबिरुद्ध अब वडास्तरीय समिति निर्माण गरिने जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !