मृत्युपछि पोजिटिभ रिपोर्ट

नेपालगञ्ज – दैलेखकी ४४ वर्षीया महिलाको बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
नारायण नगरपालिका वडा नं. २ की ४४ वर्षीया महिला स्वास्थ्य समस्या आएपछि कात्तिक २४ गते मेडिकल कलेज कोहलपुर आएकी थिइन् । उनको २५ गते स्वाव संकलन गरिएको थियो । कोरोना पुष्टि हुनु अघि नै उनको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, २५ गते विहान साढे आठ बजे मृत्यु भएकी ४४ वर्षीया महिलाको अपरान्ह चार बजे रिपोर्ट पोजिटिभ आएको थियो ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा धमाधम मृत्यु भइरहेको छ । बाहिरी जिल्लाको मृतकको संख्या ३४ पुगिसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !