कोरोनाबाट ३२ वर्षीय युवकको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा बर्दियाका एक युवकको मृत्यु भएको छ ।
बर्दिया राजापुर नगरपालिका वडा नं. ८ का ३२ वर्षीय युवकको आज विहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि कात्तिक १३ गते भेरीमा भर्ना भएका युवकको त्यही दिन स्वाव लिइएको थियो । भोलीपल्ट रिपोर्ट आउदा पोजिटिभ आएको थियो । त्यसपछि नियमित उपचार भइरहेका युवकको आज विहान ११ बजे मृत्यु भएको हो ।
योसँगै बाहिरी जिल्लाबाट नेपालगञ्जमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । केही दिनयता बाँकेमा कोरोनाबाट दैनिकजसो नै मृत्यु भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !