कोरोना लागेका जेष्ठ नागरिकलाई घरमा राख्नु जोखिम !

नेपालगञ्ज – कोरोना लागेका जेष्ठ नागरिकलाई होम आइसोलेसनमा बस्न दिनु जोखिम मानिने गर्दछ । केही महिना अघि कोहलपुरमा मृत्यु भएका जेष्ठ नागरिक होम आइसोलेसनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था खराब भएपछि अस्पताल लगिएको थियो, अस्पताल परिसरमा पुग्दा नपुग्दै मृत्यु भएको थियो ।
यी जेष्ठ नागरिकलाई होम आइसोलेसनमा राख्दा जिल्लामा समन्वय भएको पनि थिएन । पछिल्ला दिनमा पनि जेष्ठ नागरिकलाई होम आइसोलेसनमा राख्ने गरेको पाइएको छ । भलै, दुःखद कुरा सुन्नु परेको छैन ।
जिल्लामा कोरोना जित्नेमा दैनिक कोही न कोही परिरहेका छन् । दैनिक कोरोना संक्रमित दिंदा उनीहरु दश दिनमा डिस्चार्ज हुने गर्दछ । सोमबार पनि ८१ वर्षीया महिलासहित ३३ जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले सोमबार १९ पुरुष र १४ महिला डिस्चार्ज भएको जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म तीन हजार ९२ जना डिस्चार्ज भएका छन् । २ सय ८४ जना आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !