भेरीमा देखियो, ४१ जनामा कोरोना
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा ४१ जनामा कोरोना देखिएको छ ।
अस्पतालका अनुसार, एक सय ९७ जनाको परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएका व्यक्तिहरु अधिकांश बर्दिया जिल्लाका रहेका छन् । मधुवन र राजापुरका धेरै रहेका छन् । भेरीले हालसम्म ४७ हजार ७ सय २९ जनाको नमूना परीक्षण गरिसकेको छ ।
बाँकेमा अहिले तीन ठाउँबाट कोरोना परीक्षण भइरहेको छ । मेडिकल कलेज र बागेश्वरी ल्याबको रिपोर्ट आइसकेको छैन ।