‘अठ्ठाइस घरे’ले जग्गा कहिले पाउँछन् ?

नेपालगञ्ज – बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ मा बसोबास गरिरहेका ‘अठ्ठाइस घरे’का बासिन्दाले लालपूर्जा अनुसारको जग्गा उपलब्ध गराइदिन माग गरेका छन् ।
भूमि सुधार तथा मालपोत कार्यालय, नेपालगञ्जका प्रमुख प्रेमप्रसाद दौल्याललाई ज्ञापनपत्र बुझाउदै उनीहरुले लालपूर्जामा भएबमोजिम जग्गामा स्वामित्व हुनुपर्ने, सुरक्षित बसोबास तथा बैकल्पिक रोजगारीको अवसर पाउनु पर्ने माग राखेका हुन् ।
फियान नेपालको सहकार्य र स्थानीय खाद्य अधिकार सञ्जाल बैजनाथको अगुवाईमा भूमि सुधार कार्यालय नेपालगञ्ज आइपुगेका उनीहरुले लालपूर्जा भएर पनि जग्गा नहुँदा धेरै दुःख भइरहेको बताए ।
स्थानीय गंगा सुनारले लालपूर्जा भएर पनि जग्गा नहुँदा खान समस्या भएको, शिक्षा, स्वास्थ्यसँगै दैनिक जीवनयापनमा ठूलो असर परेको बताउनुभयो ।
२०३८ सालदेखि बसोबास गरिरहेका उनीहरुलाई २०५२ सालमा सुकुुम्बासी समस्या समाधान आयोगले दश कठ्ठा जग्गाको लालपूर्जा उपलब्ध गराउदा बस्ती विकास कम्पनी ताराताल, बर्दियाले प्रतिकठ्ठा एघार हजार रुपैया जम्मा गर्न भनेपछि आर्थिक अभावले रकम जग्गा गर्न नसक्दा जमिन उपयोग गर्न पाएका थिएनन् ।


error: यो सुविधा उपलब्ध छैन !