जोडिदै नेपालगञ्ज, गौघाट हुँदै बर्दिया

नेपालगञ्ज – नेपालगञ्जदेखि परसपुर, गौघाट हुँदै बर्दिया जोड्ने सडक निर्माणका लागि पहल भएको छ । त्यसका लागि सांसद नन्दलाल रोकायले सक्रियता देखाउनु भएको छ ।
नेपालगञ्ज–गुलरिया सडक खण्डमा चाप बढ्दो छ । बढ्दो चापले सडक साँघुरो लाग्न थालेको छ । नेपालगञ्जदेखि परसपुर, गौघाट हुँदै बर्दिया जोड्ने सडक हुँदा त्यसको रणनैतिक महत्व हुने देखिन्छ । भारतले सीमावर्ती क्षेत्रमा दशगजा नजिकबाट पक्की सडक निर्माण गरिरहदा नेपालगञ्जदेखि परसपुर, गौघाट हुँदै बर्दिया जोड्ने सडकले छुट्टै महत्व राख्न सक्छ ।
२२ किलोमिटर सडक खण्डका लागि यतिबेला सांसद रोकाय स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै हुनुहुन्छ । बस्ती भएको ठाउँमा नालीसहित निर्माण गरिने सडकका लागि ९२ करोडको डीपीआर तयार भइसकेको सांसद रोकायको भनाई छ । वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ ।
सांसद रोकायसँगै हिड्नु भएका खजुरा गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम वलीका अनुसार, सांसद रोकायले बर्दियाको बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, वडा नं. १ कार्यवाहक अध्यक्ष संगीता रोकाय, वडा नं. २ कार्यवाहक वडाध्यक्ष भुपालसिंह लामालगायतको टोलीसँग छलफल गर्नुभयो । सडकको बाँके खण्डमा दुई करोड ५० लाख रुपैया र बर्दियामा २ करोड ५० लाख रुपैयाको काम भइरहेको सांसद रोकायले जानकारी दिनुभयो ।
सडकलाई बहुवर्षीयमा राखेर छिटो भन्दा छिटो काम सन्पन्न गर्ने लक्ष्य रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !