दाङका ५९ वर्षीय पुरुषको नेपालगञ्जमा मृत्यु

नेपालगञ्ज – कोरोनाबाट दाङका ५९ वर्षीय पुरुषको नेपालगञ्जमा मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १५ का ५९ वर्षीय पुरुषको आज विहान ५.२५ बजे मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, स्वास्थ्यमा समस्या आएपछि ५९ वर्षीय पुरुषलाई कात्तिक ५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । ६ गते स्वाव जाँच गर्दा कोरोना पोजिटिभ देखियो । ७ गते कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो । स्वास्थ्य सुधार नआएपछि २० गते भेरी अस्पतालमा ल्याइएको थियो । भेरीमै उनको विहान मृत्यु भयो ।
बाहिरी जिल्लाबाट उपचार गराउन आउदा बाँकेमा मृत्यु हुनेको संख्या २७ पुगेको छ । हिजोमात्रै दाङ तुलसीपुरकै ७६ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !