दश दिन पूरा गर्दै, घर फर्किदै
नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमितहरु १० दिन आइसोलेसनमा बसेर घर फकिने क्रम चलिरहेको छ । लक्षण चिन्ह नदेखिएका संक्रमितहरु दश दिन आइसोलेसनमा बस्दै घर फर्किदै गरेका छन् ।
यो क्रममा मंगलबार ३२ जनाले सेवा लिएका छन् । पछिल्लो तीन दिनमा कुनै लक्षण चिन्ह नदेखिएका व्यक्तिलाई दश दिनमा घर पठाउने नीति अनुसार ३२ जना मंगलबार डिस्चार्ज भएका हुन् । २१ पुरुष र ११ महिला डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले दैनिक डिस्चार्ज भइरहदा अहिलेसम्म दुई हजार नौ सय ६० जना घर गएको जानकारी दिनुभयो । जिल्लामा घर जानेसँगै संक्रमित पनि थपिने क्रम चलिरहेको छ । अहिले आइसोलेसनमा २ सय १८ जना रहेका छन् ।