उपमहानगरपालिका र २३ वटै वडा कार्यालय बन्द
नेपालगञ्ज – कोरोनाबाट वडा सदस्य शान्तिदेवी परियारको मृत्यु भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयअन्तर्गत २३ वटै वडा कार्यालय बन्द गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य परियारको हिजो मृत्यु भएको थियो । वडा सदस्य परियारलाई कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।
उपमहानगरपालिकाका प्रशासन शाखाका अधिकृत हिक्मतबहादुर थापा माझीले सूचना जारी गर्दै आज एक दिन नेपालगञ्ज उपमहानगरपालिका र २३ वटै वडा कार्यालयको काम कारबाही बन्द रहेको जानकारी दिनुभयो ।