दश दिन पुगेका ३८ जना घरतिर

नेपालगञ्ज – बाँकेमा मंगलबार ३८ जना डिस्चार्ज भएका छन् ।
कात्तिक १ गते कोरोना पुष्टि भएका ३८ जना दश दिनपछि डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा २४ पुरुष र १४ महिला रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले होम आइसोलेसन, मेडिकल कलेज, होटलका आइसोलेसन सेन्टरमा बसेका ३८ जना डिस्चार्ज भएको जानकारी दिनुभयो ।
पछिल्लो तीन दिनमा लक्षण चिन्ह नदेखिएकाहरुलाई डिस्चार्ज गर्ने नीतिसँगै दशैंमा यस्ता संक्रमितले राहत पाएका छन् ।
जिल्लामा अहिलेसम्म दुई हजार ६ सय ६० जना डिस्चार्ज भएका छन् । ३ सय ६ जना आइसोलेसनमा बसेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !