सार्थक वार्ताका लागि दबाब

नेपालगञ्ज – सत्याग्रही डा.गोविन्द केसीको अनसनका समर्थकहरुले शुक्रबार नेपालगञ्जमा सरकारलाई सार्थक वार्ता गर्न दबाव दिएका छन् ।
अपरान्ह बीपीचोकमा जम्मा भएका सर्वसाधरणहरुले डा. केसीको जीवन रक्षासहित उनको मागको सुनुवाई होस् भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
सरकारले वार्ता प्रक्रिया अघि बढाएको भए पनि डा. केसीको मागका सम्बन्धमा प्रधानमन्त्री स्वयंले यथासक्य छिटो सम्बोधन गर्नुपर्ने सर्वसाधारणको माग रहेको थियो । डा. केसीको समर्थनमा नेपालगञ्जबाट पटक–पटक दबाब दिने काम भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !