बाँकेमा १७ वटा वैज्ञानिक वन

नेपालगञ्ज – बाँकेमा वन अतिक्रमण रोक्नु चुनौती बनेको छ ।
वन डिभिजन कार्यालय, बाँकेका अधिकृत राजु क्षेत्रीले जिल्लामा ६ सय ७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको जानकारी दिनुभयो । ‘जिल्लामा वन अतिक्रमण, चोरी निकासी रोक्नु ठूलो चुनौती रहेको छ, वन डिभिजन कार्यालयले आयोजना गरेको बाँके जिल्लाको वन व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा अधिकृत क्षेत्रीले भन्नुभयो, अतिक्रमण र चोरी निकासी रोक्न हामी लागिरहेका छौं ।’
जिल्लामा काठको माग गर्नेहरुको वन कार्यालयमा निवेदनको चाङ रहेको छ । सम्बद्धका अनुसार, ठूलो वन क्षेत्र भएकाले यहाँ काठको अभाव हुनु नपर्ने हो । तर, सही सदुपयोग हुन नसक्दा काठको अभाव भइरहेको छ । वन अधिकृत क्षेत्री भन्नुहुन्छ, ‘वन कार्यालयमा काठ माग्नेको ताँतीका ताँती निवेदन छन् ।’


बाँकेमा दिगो वनका लागि साइन्स र तथ्यांकमा आधारित वैज्ञानिक वनको अवधारणा अनुसार अघि बढिएको छ । जिल्लामा रहेका एक सय १७ वटा सामुदायिक वनमध्ये १७ वटामा वैज्ञानिक वन लागु गरिएको छ । ती क्षेत्रको शुक्रबार वन अधिकारी र पत्रकारको एक समूहले स्थलगत अनुगमन र निरीक्षण गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !