अनलाइनबाट गर्जिदै किशोरी

नेपालगञ्ज – अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा विविध कार्यक्रम गरिदैछ ।
अक्टुबर ८ देखि ११ सम्म अन्तर्राष्ट्रिय बालिका दिवस मनाइदै छ । सो अवसरमा बालिकाहरुले व्यहोर्नु परेको दुव्र्यवहार, लैङ्गिक असमानतालगायत अन्य हिंसाका गतिविधिविरुद्ध बालिकाहरुले स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाउनु पर्ने विषयलाई सञ्चार माध्यममा मुख्य एजेन्डाका रुपमा बहसमा ल्याइएको छ ।
कोभिड–१९ को कहरका बीच बालिकाहरुले सामना गर्नु परेको हिंसाका बारेमा उनीहरुलाई स्वतन्त्रतापूर्वक आवाज उठाउन हौसला प्रदान गर्नुपर्ने सन्दर्भमा सात वटा जिल्लाबाट प्रकाशन भइरहेका १४ वटा अनलाइनमा २४ जना बालिकाहरुले स्वतन्त्रपूर्वक मिडिया प्रविधिमा सम्पादनको भूमिका निर्वाह गरेका छन् ।
प्लान इन्टरनेशनल नेपालको संयोजनमा बालिकाहरुले दैनिक जीवनयापनमा व्यहोर्नु परेका समस्याहरुलाई अनलाइनहरुमा प्राथमिकताका साथ समाचारहरु प्रकाशन गरिदैछ ।


error: यो सुविधा उपलब्ध छैन !