घुससहित प्रहरी हवल्दार पक्राउ

नेपालगञ्ज – प्रहरी हवल्दार घुससहित पक्राउ परेका छन् ।
अख्तियार नेपालगञ्जको टोलीले बाँकेको खजुराखुर्दमा कार्यरत प्रहरी हवल्दार राजेशबहादुर द्वाललाई १३ हजार घुससहित पक्राउ गरेको अख्तियार नेपालगञ्जका सूचना अधिकृत लोकमणि पाण्डेले जानकारी दिनुभयो ।
काठ स्थानान्तरणमा सहजीकरण गरिदिने भन्दै प्रहरी हवल्दार राजेशले घुस लिएको पाण्डेले बताउनुभयो । हवल्दारलाई मानपुरस्थित एक कोल्डस्टोरबाट पक्राउ गरिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !