होम आइसोलेसनबाट डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा शनिबार ३१ जना डिस्चार्ज भएका छन् ।
असोज १० गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनीहरु शनिबार डिस्चार्ज भएका हुन् । ३१ मध्येमा २६ जना होम आइसोलेसनमा बसेका थिए ।
कोरोनाको लक्षण चिन्ह नभएका संक्रमितलाई स्वास्थ्य सावधानी अपनाएर घरमै बस्दा पनि फरक पर्दैन भन्ने कुरा होम आइसोलेसनमा बसेकाहरु डिस्चार्ज भएका घटनाहरु देखाइरहेका छन् । दीर्घरोगी र जेष्ठ नागरिकलाई भने होम आइसोलेसनमा बस्दा जोखिम देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले अहिलेसम्म एक हजार सात सय ९३ जना डिस्जार्च भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार, अब ५ सय १० जना आइसोलेसनमा रहेका छन् । जिल्लामा २४ जनाको मृत्यु भइसकेको छ । दुई हजार तीन सय २७ जना संक्रमित भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !