विहे नभएको प्रमाणपत्र मागेपछि…

नेपालगञ्ज – द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल, बाँकेले सामाजिक सुरक्षा भत्ताका लागि एकल महिलालाई अर्को विहे नभएको प्रमाणपत्र मागिएको भन्दै नेपालगञ्जको मेयर डा. धवलशमशेर राणालाई ज्ञापनपत्र बुझाएका छन् ।
केही समयअघि नेपालगञ्जको वडा नं. १ बाट यस्तो सूचना आएपछि उनीहरु त्यसप्रति असन्तुष्टि जनाउदै मेयर राणालाई ज्ञापनपत्र बुझाउन पुगेका हुन् ।
सञ्जालका संस्थापक अध्यक्ष शोभा विसी, जिल्ला अध्यक्ष जयन्ती खत्रीसहितको टोलीले बिहीबार नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. राणालाई भेटेर सामाजिक सुरक्षा ऐन एकल महिलामैत्री बनाउन आग्रह गर्नुभयो ।
‘पछिल्लो समयमा नेपालगञ्जको वडा नं. १ ले सामाजिक सुरक्षा भत्ताअन्तर्गक विधवा भत्ताका लागि आवेदन दिनु भएका र दिनु हुने सम्पूर्ण एकल महिलाहरुले अर्को विवाह नगरेको प्रमाणित प्रतिलिपि पेश गर्न भनेको छ, यसले हामीलाई मर्माहित बनाएको मात्रै छैन, आत्मा सम्मानमा चोट पुगेको छ, सञ्जालकी बाँके अध्यक्ष खत्रीले मेयर राणालाई ज्ञापनपत्र बुझाउँदै भन्नुभयो, उपमहानगरपालिकाले सुरक्षा सुरक्षा ऐन एकल महिलामैत्री बनाइदिनु प¥यो ।’


error: यो सुविधा उपलब्ध छैन !