यादवको तार्गेटमा किशोरी !

नेपालगञ्ज – साउन २ गते । बर्दियाकी १७ वर्षीया किशोरी, घरमा एक्लै थिइन् । घरका सदस्यहरु धान रोप्न खेतमा गएका थिए ।
घरमा एक्लै भएको मौका छोपेर ३५ वर्षका अगलेश यादव किशोरीको घरमा पुगे । ललाई–फकाई गरे । किशोरीलाई भगाएर भारत पुगे । घरपरिवारले किशोरीलाई अपहरण गरेको आरोप लगाउदै आइरहे । प्रहरीकहाँ उजुरी गरे ।
प्रहरीले यादवको पिछा गर्न थाल्यो । अपहरण मुद्दामा कारबाही चलाउन अघि बढेको प्रहरीले यादवलाई सहयोग गर्ने २१ वर्षका मुकेश यादव र ५५ वर्षका हरिराम अहिरलाई नियन्त्रणमा लियो ।
अन्ततः प्रहरी यादवको सेल्टरमा पुग्यो । जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज हृदेश सापकोटाको टोली भारतीय प्रहरीको सहयोगमा यादव समक्ष पुगेको थियो । भारत उत्तर प्रदेश, जिल्ला गौतमबुद्ध नगर थाना बादलपुर, दुजानामा यादवले किशोरीलाई बन्धक बनाएर राखेका रहेछन् ।
प्रहरीले किशोरीको उद्धार ग¥यो । यादव भने फरार भए । उनलाई प्रहरीले फेला पार्न सकेन । विहे गर्ने आश्वासन दिएर उनले किशोरीलाई त्यहाँ राखेका थिए । प्रहरीले उद्धार गरेर किशोरीलाई नेपालगञ्ज ल्याएको छ ।
मुद्दाफाँटका इन्चार्ज सापकोटाका अनुसार, विवाहित यादवको यसअघि पनि १५ वर्षकी किशोरीलाई भगाएका थिए । एक दिनमा किशोरीको उद्धार गरिएको थियो । यो दुई वर्षअघिको घटना हो ।
किशोरीहरुलाई विहे गर्छु भन्दै ललाई–फकाई प्रलोभनमा पार्ने र अन्यत्रै लगेर राख्ने यादवको धन्दाजस्तै देखिन्छ । दुई घटना बाहिर आएपनि उनी पक्राउ परेका छैनन् ।


error: यो सुविधा उपलब्ध छैन !