१६ जनाले घरमै बसेर कोरोना जिते

नेपालगञ्ज – बाँकेमा बिहीबार १६ जनाले घरमै बसेर कोरोनालाई जितेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जिल्लाबाट २९ जना डिस्चार्ज हुँदा १६ जना होम आइसोलेसनमा बसेका परेको जानकारी दिनुभयो ।
असोज ८ गते कोरोना पुष्टि भएका उनीहरु होम आइसोलेसनमा बसेका थिए । लक्षण चिन्ह नदेखिएका संक्रमितहरु घरमै स्वास्थ्य सावधानी अपनाएर बस्दा कोरोनालाई जित्न सकिन्छ भन्ने उनीहरुले देखाएका छन् ।
अरु १३ जना कोहलपुर मेडिकल कलेज, होटलहरुमा बसेका थिए ।
फोकलपर्सन श्रेष्ठका अनुसार, जिल्लामा अहिलेसम्म एक हजार सात सय ९ जना डिस्चार्ज भएका छन् । ५ सय सात जना आइसोलेसनमा रहेका छन् । हालसम्म २२ जनाको मृत्यु भएको छ । दुई हजार दुई सय ३८ जना संक्रमित भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !