कोरोनाले किशोरीमा पारेको प्रभाव

म चाहीँ अहिले कोरोना भाइरस अर्थात कोभिड–१९ ले किशोरीलाई पारेको प्रभावबारे केही कुरा प्रष्ट्याउन गइरहेकी छु ।

सर्बप्रथम त कोरोना भाइरस अर्थात कोभिड–१९ चीनको उहान भन्ने शहरबाट शुरु भई अहिले विश्वभरी नै ठूलो महामारीको रुपमा फैलिदै आएको छ । यो भाइरसलाई एक नयाँ प्रजातिको भाइरसको रुपमा चिनिदै आएको छ । यसको संँगसंँगै हाम्रो नेपालले पनि यसको पीडा भोग्दै आएको सर्वविधितै छ । यस भाइरसले गर्दा हिड्डुल गर्न बन्देज गरेको छ । यो समस्याको कारणले गर्दा मानिसलाई एकदमै ठूलो किसिमको विपत आइलागेको छ । त्यसका संँगसंँगै अझ भन्नु पर्दा यस भाइरसले किशोरीहरुलाई त झन् नकारात्मक प्रभाव पारेको छ । जस्तो कि किशोरीहरु महिनावारी हुँदा आफुलाई चाहिने सामानसम्म पनि बजारमा गएर ल्याउने अवस्था छैन, किनकि लकडाउनको कारणले गर्दा प्रायःपसल पनि खोलिएको हुदैनन् । त्यसका साथसाथै किशोरीहमा त्यति आर्थिक अवस्था सवल भएको देखिन्न ।
अहिलेको अवस्थामा बिहान बेलुका छाक टार्नलाई ज्याला मजदुरी गर्ने श्रमजीवी घरपरिवारलाई त अझ कठिनको बाटो उत्पन्न भएको देखिन्छ । अझ भन्नु पर्दा ग्रामीण क्षेत्रहरुमा त यसको प्रभावले किशोरीहरुका दुःख पीडा एकदमै कहालीलाग्दा छन् । गाउँघरमा त प्रायजसो किशोरीहरुको चुलो चौको र मेलापर्म तिर बढी सहभागिता हुने गर्दछ । कहिलोकाहीँ साथीहरु नहुँदा पनि एक्लै जानु पर्ने हुन्छ । त्यस्तो हुँदा आफ्नै गाउँघरका मान्छेहरुसित पनि जोगिएर हिड्न नै गारो हुन्छ । कति किशोरी त त्यस्ता हिंसाको सिकार हुन पुगेका छन् । तर यस्तो हिंसा हुँदा पनि उनीहरु त्यो घटनालाई बाहिर ल्याउन सक्दैनन् । किनकि प्रायः त्यस्ता हिंसाको शिकार हुने भनेको प्रायजसो १८ वर्ष मुनिका बालिकाहरु हुने गर्दछन् । उनीहरु मानसिक रुपले, उमेरका हिसाबले परिपक्व भएका हुँदैनन् । आफ्नै हाडनाता पर्नेले जबरजस्ती करणी ग¥यो भन्न पनि उनीहरुलाई डर र समाजमा आफुलाई हेर्ने दृष्टिकोण र आफुलाई गरिने व्यवहार फरक हुन सक्दछ ।
त्यसका संँगसंँगै यस्ता हिंसामा परेका महिलाहरु आफ्नै परिवारको इज्जत जाने डरले आफुमाथि भएका हिंसाहरु पनि बाहिर ल्याउन चाहदैनन् । तर उनीहरु त्यस्ता कुराहरुलाई मनमै खेलाउने, सहननसके आत्महत्याको शिकार हुन पनि बाध्य हुन्छन् । अहिले त यस भाइरसको कारणले पनि घरमा नै बसिरहँदा पनि अझ उनीहरुलाई थप पीडा भइरहेको छ । त्यसैले यस्ता समस्याहरुलाई केही हदसम्म कम गर्नको लागि पनि किशोरीहरुलाई अझ प्रभवकारी बनाउनका लागि सबै ठाउँबाट साथ सपोट र उनीहरुलाई क्षमता अभिवृद्धि तालिमको पनि व्यवस्था गरि दिएको भए हामीहरुलाई केही हदसम्म सजिलो हुन्थ्यो । अझ भन्नु पर्दा भूगोलको हिसाबले पछाडि परेको जिल्ला शिक्षाको कमीले गर्दा पनि किशोरी पछाडि परिनु यस्ता हिंसाहरुको शिकार हुनु मूल कारण हो ।
कतिपय किशोरीहरु अशिक्षित भएकै कारणले गर्दा आफुमाथि हिंसा हुँदा पनि थाहा नपाउने पनि पाइएको छ । हामी किशोरीहरु कति डराएर बाँच्ने । त्यसैले पनि यस्ता घटनाहरुको न्युनिकरण गर्न हामी किशोरीहरुलाई आयआजर्नन गर्ने खालका रोजगारमूलक व्यवस्थाको लागि पनि बिभिन्न ठाउँहरुबाट एक महत्वपूर्ण भूमिका खेल्न जरुरी छ । यस्ता घटनाहरुलाई रोकथाम गर्न बिभिन्न स्थानीय सरकारले र संघ संस्थाहरुले रोकथामको प्रक्रिया थालनी गरेको छ । त्यसमा हामी सिओसी युवा परिवर्तनका सम्वाहकहरुले पनि यी समाजमा भएका विकृति विसङ्गतिहरुलाई उल्लङ्घन गर्न अभियान चलाउन हामी तयारी अवस्थामा छौं । त्यसैले यहाँको समय पोष्टको सँंगसंँगै अगाडि बढ्न चाहन्छौ ।

(राजकोट नगरपालिका, कालिकोट निवासी प्रतिभा ऐडीलाई आज एक दिनका लागि सुनपानी डटकमको अतिथि सम्पादक नियुक्त गरिएको छ ।प्रविधिमा महिला अधिकारबारे समाचार, लेख, रचना सम्पादन गर्ने जिम्मेवारी ऐडीलाई दिइएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा ऐडीलाई यो जिम्मेवारी दिइएको हो । )


error: यो सुविधा उपलब्ध छैन !