पशुपतिका भट्ट बागेश्वरी मन्दिरमा

नेपालगञ्ज – पशुपतिनाथ मन्दिरका भट्ट नारायण भट्टले बागेश्वरी मन्दिरको दर्शन गर्नु भएको छ ।
सपरिवार नै भारतको कर्नाटक जाने क्रममा भट्टले बागेश्वरीको दर्शन गर्नु भएको हो । बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले नेपालगञ्ज विमानस्थलमै पुगेर भट्टको स्वागत गर्नु भएको थियो ।
भट्टका परिवारले पन्ध्र मिनेटजति बागेश्वरी मन्दिरको दर्शन गरेका थिए । नेपालगञ्ज नाकाबाट भारत जान आउनु भएका भट्टका परिवारलाई मूल महन्तले योगीले नाकासम्म पु¥याउनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !