सुर्खेतरोडमा हाइमास्ट नै हाइमास्ट

नेपालगञ्ज – नेपालगञ्जदेखि कोहलपुर चौराहासम्म पुग्दा यतिबेला चोकचोकमा हाइमास्ष्ट ठडाएको देख्न सकिन्छ । कतिपय ठाउँमा ठडिसकेका छन् भने केही ठाउँमा ठडिदैछन् ।
जनप्रतिनिधिले चोक आसपासका जनतालाई खुशी पार्ने नयाँ विकास यतिबेला हाइमाष्ट बनेका छन् । कोहलपुरको चौराहमा झिलिमिली हुँदा रातीमा पूर्वपश्चिम र उत्तरदक्षिण यात्रा गर्ने कसको मन खुशी नहोला र ?
चोकबाट नेपालगञ्जतिर दक्षिण अलिकति सरेपछि कोहलपुरको बजार क्षेत्रमा अर्को हाइमास्ट ठडिएको छ । सायद, पहिला त्यो ठाउँलाई पिपल चौतारा भनिन्थ्यो । पिपल चौतारबाट त्रिभुवन हाइ स्कूल धेरै टाढा छैन । त्यहाँ पनि अर्को हाइमास्ट ठडिएको छ । त्यसपछि रामनगर, पिपरी, हवल्दारपुर, गनापुर हुँदै भुजईगाउँ हुँदै ठडिएका हाइमास्टले नेपालगञ्ज बजार उज्यालो बनाएका छन् ।
नेपालगञ्जको चोकचोकमा हाइमास्ट राख्ने निर्णय भइसकेका छन् । खाद्य संस्थान अगाडिको चोक, कारकादो चोक हुँदै पुष्पलालचोकमा हाइमास्ट ठडिएका छन् । वीरेन्द्रचोकमा जडान गर्न बाँकी छ । वीपीचोकदेखि दक्षिणतिरका चोकहरुमा हाइमास्ट पुगिसकेका छन् ।
नगरभित्रका ११ वटा चोक र नगरभरीमा ३९ वटा हाइमास्ट जडान गर्ने तयारी भइसकेको छ । सुर्खेतरोडको कोहलपुरदेखि नेपालगञ्ज खण्डमा चोकचोकमा देखिएका हाइमास्टले बाहिरबाट नेपालगञ्ज प्रवेश गर्ने र बाहिरिनेलाई उज्यालो खुशी त पक्कै दिने नै छ । तर, लाखौं खर्च गरेर राख्ने हाइमास्टलाई चोक चोकमा राख्दा राज्यको सम्पत्तिको सही सदुपयोग भयो कि भएन भनेर कसले भन्ने होला ?


error: यो सुविधा उपलब्ध छैन !