डा. केसीको जीवन रक्षाका लागि मौन प्रार्थना

नेपालगञ्ज – तीन हप्तादेखि अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि नेपालगञ्ज मौन प्रार्थना र दीप प्रज्वलन गरिएको छ ।
स्थानीयवासी भोजराज शर्मा र बसन्तकुमार उपाध्यायको अगुवाईमा स्वस्फूर्त जम्मा भएका व्यक्तिहरुले नेपालगञ्जको धम्बोझीचोकमा मौन प्रार्थना र दीप प्रज्वलन गरेका हुन् ।


२२ दिनदेखि अनसनमा रहेका डा. केसीको अवस्था नाजुक हुँदै गएपनि सरकारले चासो देखाइरहेको छैन । देशभरबाट नै डा. केसीको जीवन रक्षाका लागि आवाज उठिरहेको छ । डा. केसीलाई बचाउन दबाब दिने काम भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !